Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिप्टोमार्फत सुनको रकम भुक्तानी, ६ किलो सुन र ४८ लाख नगदसहित सोनाम पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ किलो सुन र ४८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनाम गुरुङलाई पक्राउ गरेको हो ।

सोनामले तस्करीको सुनको रकम डिजिटल मुद्रा युएसडीटी मार्फत हङकङमा रकम पठाउने गरेका अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सीबाट दिने मानिसहरूको खोजी गरिरहेको थियो।

सोही क्रममा सीआईबीले काठमाडौं महानगरपालिका ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने सोनामलाई पक्राउ गरेको हो। उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका थिए।

तर, प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।

उनको कोठामा तलासी गर्दा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए ।

सोनामले चीनबाट स्थलमार्गबाट सुन ल्याउने र भारतीय व्यपारीको समूहलाई बेच्ने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077