Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डलाई ५ वर्षसम्म ढुक्कसँग सरकार चलाउन दिनुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव’ले माओवादीलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने बताएका छन् ।

बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

विप्लवले थपे, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । ?’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताए ।

अहिले प्रचण्डलाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको विप्लवले बताए।

विप्लवले आफूले पाँच वर्ष सत्ता माओवादीलाई चलाउन दिनुपर्ने सुरूदेखि नै भन्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077