Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाको ‘मैत्रीपूर्ण’ भ्रमण गर्दै रुसी राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जानु हुने क्रेमलिनले घोषणा गरेको छ ।

विश्वको सबैभन्दा एकान्त मुलुक उत्तर कोरियाको भ्रमण पुटिनले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको आफ्नो सैन्य अभियानलाई जारी राख्नका लागि गोला बारुद मागिरहेको बेला भइरहेको छ । यसले मस्कोले अभूतपूर्वरूपमा एक्लो पारेको छ ।

रुसको सुदूरपूर्वको दुर्लभ विदेश भ्रमणमा उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको छ । उक्त भ्रमणमा दुवै नेताले एक अर्काको प्रशंसा गरेका थिए ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उनले भियतनामको भ्रमण गर्नेछन् ।

पश्चिमी मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् ।

बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077