Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अत्यधिक गर्मी बढेपछि धनगढीमा फेरि तीनदिन बिदा

कैलाली । कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ ।

बुधबारदेखि ७ गतेसम्म धनगढीमा विद्यालय बिदा दिने निर्णय भएको हो ।

अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिने दिने निर्णय धनगढी उपमहानगरपालिकाले गरेको जनाएको छ ।

उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन÷अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077