Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीननाल भरुवा बन्दुकसहित एकजना पक्राउ

कैलाली । कैलालीमा तीन नाल भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १२ नकफोडुवा बस्ने बर्ष ३७ को मोहन बहादुर खत्री रहेका छन् ।

मंगलबार गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक दिपेन्द कुमार पालको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

उनलाई घरमा लुकाई छिपाई राखेको तीननाल भरुवा बन्दुकसहित पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय सुखडमा राखि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077