Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पुष्कर पक्राउ, अनुसन्धानका लागि म्याद थप

सिराहा । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन् ।

जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्।

उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यस घटनामा प्रहरीले पुष्करलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको जनाएको छ । उनीमाथि सिराहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077