Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगले किनेका करोडौंका सामग्री प्रयोगविहीन

काठमाडौं । निर्वाचन आयोगले आवश्यकताको पहिचान नै नगरी किनेका करोडौं रुपियाँ पर्ने सामग्री प्रयोगविहीन अवस्थामा रहेका छन्।

यस वर्षको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले विगतको निर्वाचनमा खरिद भएर पछिल्ला निर्वाचनमा समेत प्रयोगमा नआएका कारण करोडौं रुपियाँ खेर गइरहेको पनि औंल्याएको छ।

महालेखाको प्रतिवेदनले हरेक वर्ष उक्त विषयलाई औंल्याउँदै आए पनि त्यस्तो प्रवृत्तिमा सुधार नआएको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ।

आयोगले एकातिर आवश्यकताको विश्लेषण नै नगरी निर्वाचनका लागि आवश्यक पर्ने ५८ प्रकारका सामग्री बढीभन्दा बढी खरिद गर्ने गरेको छ भने अर्कोतर्फ त्यसरी खरिद गरिएका सामग्रीमध्ये मतपेटिकाबाहेक अरू कुनै सामग्री पुनः प्रयोगमा ल्याइएको छैन। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077