Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भक्तपुरका श्रेष्ठ र भण्डारी ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दोस्रो चरणको अनुसन्धानका क्रममा भारतबाट उनीहरुलाई पक्राउ गरेको हो । योसँगै दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको छ ।

उनीहरूको सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग कनेक्सन देखिएको दाबी गरिएको छ । हङकङबाट ब्रेक सुमा भएको सुन तस्करीको ब्युरोले लगातार अनुसन्धान गर्दै आएको छ ।

गतवर्ष साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077