Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन, किम जोङ्ग उन आफैंले गरे स्वागत

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् । विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो । विमानस्थलबाट दुई नेता एउटै लिमोजिन कारमा कुमसुसान स्टेट गेस्ट हाउसतर्फ लागेका थिए ।

कोरियाको भ्रमणका क्रममा पुटिन त्यहीँ बस्नेछन् । पुटिनको स्वागतमा प्योङयाङका सडकहरू दुई नेताको तस्बिर, फूल र बेलुनहरूले सजाइएको छ ।

पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए ।

विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077