Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनेभा र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् ।

राष्ट्रपति पौडेल आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्वीट्जरल्याण्डको जेनेभा गएका थिए ।

राष्ट्रपति पौडेलको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077