Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले हालेको रिट खारेज

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज गरिदिएको सर्वोच्चले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट इलाम १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खनाल नेकपा (एमाले) का महेश बस्नेतसँग पराजित भएका थिए ।

यसपछि खनालले धाँधली भएको भनेर पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077