Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली सवारी दर्ता किताबसहित चारजना पक्राउ

काठमाडौं । नक्कली सवारी दर्ता किताबसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको शिवनाथ गाउँपालिका-७ का ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवनको भरतपुर महानगरपालिका-१ घर भई काठमाडौंको धुम्बाराही बस्ने ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापको लिखु तामाकोशी गाउँपालिका-५ घर भई कोटेश्वर बस्ने ३३ वर्षीय शान्त कुमार मगर र डोटीको आदर्श गाउँपालिका-५ का ३२ वर्षीय पवन सिंह रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मनोज विगतमा पनि सवारी साधन डिक राखि नम्बर परिवर्तन गरी चलाई रहेकोमा जिल्ला अदालत ललितपुरबाट पाँच लाख धरौटीमा रिहा भएका थिए ।

विरेन्द्र सिंह साउद ५० हजारको प्रलोभनमा परी सवारी साधन किताबमा फोटो र नागरिकताको प्रतिलिपि दिई फोटो टाँस्ने काम गरेको खुलेको छ ।

किर्ते सवारी दर्ता किताब दुई थानसहित पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077