Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण चर्चा, के होला पूर्वराष्ट्रपतिको सुविधा ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पुरानो पार्टी सदस्यता ब्युँताउने विषय सदनमा प्रवेश गरेको छ।

उनी नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन् ।

एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन्।

भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा चलेसँगै राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने सेवासुविधाका विषयमा सरकारले नियमन गर्नुपर्ने सांसदहरूले कुरा उठाएका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077