Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन जित्न कांग्रेसभित्रै गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन जित्‍न कांग्रेसभित्रै गठबन्धन आवश्यक रहेको बताएका छन् ।

नेपाल महिला संघको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसभित्रै गठबन्धन गरे अन्य दलसँग गठबन्धन गर्नु नपर्ने दाबी गरे। नेता कोइरालाले निर्वाचन जित्न अन्य दलसँग नभई पार्टी भित्र गठबन्धन गर्नु आवश्यक रहेको धारणा राखे।

नेता कोइरालाले भने, ‘हामीहरु गठबन्धन गर्छौं। गठबन्धन गर्दाखेरि घात र अन्तर्घात हुन्छ भनिरहेका छौं राजनीतिक दलबीचमा। हामी गठबन्धनहामीहरु बीचमा गरौं । मलाई के लाग्छ भने नेपाली कांग्रेसबीच गठबन्धन गर्‍यौँ भने अन्य दलले हराउन सक्दैन। अन्य दलसँग गठबन्धन गर्नै पर्दैन।’

नेता कोइरालालेअबको निर्वाचनमा महिलालाई पालिकाको अध्यक्षको उम्मेदवार बनाउनुपर्ने धारणा राखे।

उनले महिलाको नेतृत्व वर्चश्व भएका विश्वका देश र स्थानमा सुशासन बढी र भ्रष्टाचार कम भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077