Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हामी सत्ता गठबन्धन फेरबदलको पक्षमा छैनौं : माधव नेपाल

महोत्तरी । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन फेरबदलको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।

महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले भने,'सरकारको विकल्पको विषयमा सोच्ने ठाँउमा छैनौं। असन्तुष्टीलाई चिर्नका लागि सत्ता गठबन्धनभित्रै बसेर छलफल गर्नुपर्छु, उनले भने। वैज्ञानिक अधारमा संघ सरकारले बजेट विनियोजन नगरेकोप्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेका छन।बजेटबारे व्यापक छलफल भइरहेको छ, मन्त्रीहरुले मनोगतरुपमा बजेट बिनियोजन गरेका छन्।'

नेता नेपालले जनता समावादी पाटी फुटेपछि समाजवादी मोर्चा शिथिल बनेको उल्लेख गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफुलाई समाजवादी मोर्चा पुन:गठनको लागि जिम्मेवारी दिएको अध्यक्ष नेपालले बताए ।

तर पाटीको माहाअधिवेशन भएकाले आफुले भ्याउन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077