Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीका एक युवक धनगढीमा मृत भेटिए

कैलाली । कैलालीमा एकजना युवक मृत भेटिएका छन् ।

अछामको चौरपाटी गाउँपालिकाको वडा नम्बर २ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी धनगढी उपहानगरपालिकाको जाली सामुदायक वनमा बिहीबार बिहान ९ः४५ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी बुधबार साँझ साथिको घरमा जान्छु भनेर गएको तर बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले बताए ।

घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

उनको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका छ । उनी धनगढीको हसनपुमा डेरा गरी बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077