Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनसँगको युद्धपछि एक्लिएर भियतनामको भ्रमण गरेको हुँ : रुसी राष्ट्रपति पुटिन

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोको बढ्दो एक्लोपनको सामना गर्न आफ्नो गठबन्धनलाई बलियो बनाउने उद्देश्यले भियतनामको भ्रमण गरेको बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापछि पुटिनले शीतयुद्धका दिनदेखि मस्कोको नजिकको सहयोगी रहेको अर्को एसियाली मुलुक भियतनामको भ्रमण गरेका हुन् ।

भियतनामको भ्रमणका क्रममा राजधानी हनोईमा रहेका पुटिनले रुस र भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । पुटिनसँग भियतनामी राष्ट्रपति तो लामले रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेका छन् ।

सन् १९९५ देखि २०२३ को बीचमा भियतनामको मुख्य हतियार आपूर्तिकर्ता मस्कोले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ, तर युक्रेन द्वन्द्वसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबन्धहरू तीव्र भएपछि हालैका वर्षहरूमा माग सङ्ख्या घटेको छ ।

लाम र पुटिनले शिक्षादेखि न्याय र असैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता रचनात्मक रहेको र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै पक्षको ‘समान वा धेरै नजिकको’ अडान रहेको बताए ।

पुटिनको एसिया भ्रमण पश्चिमा शक्तिहरूले युक्रेनमा रुसको युद्धलाई रोक्ने उद्देश्यले प्रतिबन्धहरू बढाएका बेला भएको हो । अमेरिका, बेलायत र युरोपियन युनियनले गत हप्ता नयाँ प्रतिबन्धहरूको घोषणा गरेका थिए ।

यस्तै जी–७ का नेताहरू रोक्का गरिएको रुसी सम्पत्तिबाट प्राप्त मुनाफाबाट किएभलाई ५० अर्ब डलरको नयाँ ऋण प्रदान गर्न प्रयोग गर्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077