Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेस्तोल बोकेर गाउँमा तर्साउँदै हिड्ने कुबेर पक्राउ

बाजुरा । बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय कुबेर गिरी पेस्तोलसहित पक्राउ परेका हुन् ।

गाउँमा झै–झगडा गर्ने र साथमा पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो।

घरमा लुकाई राखेको अवस्थामा एक थान पेस्तोलसहित गिरी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077