Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलको डेल्टा कम्प्लेक्समा भीषण आगलागी, निभाउने प्रयास जारी

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा केहीबेर अघि आगलागी भएको हो । यस मार्टमा जुत्ता चप्पलको मेला लाग्ने गर्छ ।

साँझदेखि लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेका छन् ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077