Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटीमा एक घरमा आगलागी, लाखौंको क्षति

डोटी । डोटीमा एक घरमा आगलागी भएको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरी डौडा टोलमा देब बिष्टको घरमा आगलागी भएको हो ।

बिहीबार साँझ लागेको आगोले घर जलेर सखाप भएको बताइएको छ । घरभित्र रहेका सम्पुर्ण कागजपत्र र नगद, खाद्यान्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय गणेश विनाडीले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077