Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

तीन तले मार्टको माथिल्लो तलाबाट शुरू भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मार्टमा बिहीबार साँझ आगलागी भएको थियो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर, मार्टमा भने पूर्णरूपमा क्षति पुगेको छ ।

आगो निभाउन रुपन्देहीको तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको उनको भनाइ छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर, यकिन विवरण नआइनसकेको ​प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077