Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कतारबाट आएका दिलसादको कम्मरमा ६ तोलाको ब्रासलेट, सिनामंगलबाट तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टालीले उनीहरुलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका-१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका-१३ का २५ वर्षीय अन्जिल गुरुङ रहेका छन्।

कतारबाट हिमालय एयरको उडान मार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सिनामंगलबाट पक्राउ परेका मोहमद दिलसाद खाँको शरीर खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टमा टिस्यु पेपरले फोल्ड गरी लुकाइ राखेको अवस्थामा ६९.८९० ग्राम सुन बरामद भएको छ ।

उक्त सुनको बजार मूल्य नौ लाख ९९ हजार ३९२ रुपैयाँ रहेको छ । मोहमदबाट सुनको ब्रास्लेट एक थान र ११.६५० ग्राम तौल भएको बेरुवा औँठी बरामद गरिएको हो ।

सन्तोष परियार र अन्जिल गुरुङ सुन ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई बरामदी सुन सहित भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077