Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हात्तीको दाह्रा खरिदबिक्री गर्ने गिरोहका तीनजना प्रहरी फन्दामा

वीरगन्ज । पर्साको ठोरीबाट हात्तीको दाह्रासहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको ठोरी गाउँपालिका(४ विजयवस्तीको गोरखपुर टोलबाट प्रहरीले हात्तीको दुई थान दाह्रासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठोरी-४ विजयबस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका-१४ पिपराका ४० वर्षीय प्रेम शर्मा र वीरगन्ज-३१ का अमिरीलाल महतो रहेका छन्।

गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा बिक्री गर्नका लागि ग्राहक खोजी रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनाको आधारमा गोप्य रूपमा खटिएको प्रहरी टोलीले हात्तीको दाह्रा पत्ता लगाउने क्रममा शुक्रबार बिहान ६ बजे ठोरी-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर गाडेको अवस्थामा अन्दाजी २१/२१ केजी तौलका दुई थान हात्तीको दाह्रा बरामद गरेको र त्यसमा संलग्न तीन जनालाई पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077