Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव र विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौँ । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल र दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र यादवलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले धिताल र यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगका सदस्यहरूमा डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077