Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१० निवासी राजीव दनुवारको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३:३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

त्यस्तै मेचीनगर–१० निवासी अभिषेक राई र सोही ठाउँका विवेक दनुवार पनि गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077