Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर बालेन स्वदेश फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) स्वदेश फर्किएका छन् । ​

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर मेयर बालेन आज स्वदेश फर्किएका हुन् ।

बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त जानकारी दिएका छन् ।

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।​​

मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तराष्ट्रिय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077