Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

असन्तुष्टिका बीच कोशी प्रदेशको बजेट पारित

विराटनगर । कोशी प्रदेशको बजेट शनिबार प्रदेशसभाको बैठकबाट पारित भएको छ।

सत्तापक्षकै बहुसंख्यक सांसदले खुला रूपमा असन्तोष प्रकट गरेको बजेट आज पारित भएको हो ।

सभामुख अम्बरबहादुर विष्टले कोशीको बजेट बहुमतले पारित भएको घोषणा गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलका बहुसंख्यक सांसदहरूले बजेट असन्तुलित, विभेदकारी र प्राथमिकता भुलेर ल्याइएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए।

केही मन्त्री र सीमित नेताहरूको क्षेत्रमा बजेट र योजना खन्याइएको भन्दै सत्तारूढ सांसदहरूले प्रदेश सभामा कडा स्वरमा विरोध गरेका थिए

। तर, दलको सांसद हुनुको बाध्यताले आफूहरू लाचार बनेको उनीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077