दार्चुला । जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । शनिवार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको हो ।
आज १० बजेतिर सिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो ।
गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।