Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा चोरीमा संलग्न नेपाली र प्रहरीबीच गोली हानाहान

काठमाडौं । भारतीय प्रहरीले चोरीमा संलग्न तीनजना नेपालीलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी रहेका छन् ।

प्रहरीको फरार सूचीमा रही जनही २५ हजार रुपैयाँ पुरस्कार तोकिएका उनीहरूलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगर प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीनै जनालाई भिडन्तमा पक्राउ परेको र उनीहरूको खुट्टामा गोली लागेको प्रहरीको भनाई छ ।

चोरीमा संलग्न अन्य दुईजना अभियुक्त फरार रहेका छन् । उनीहरुको पनि प्रहरीले खोजीकार्य गरिरहेको जनाएको छ । उनीहरूको साथबाट मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077