Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशका सांसद देवकोटाले दायर गरेको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ।

कारबाहीमा परि पदमुक्त भएका सांसद देवकोटाले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पेशी न्यायाधीश राउतको इजलासमा तोकिएको हो। देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो ।

माओवादी केन्द्रले पाण्डेलाई मत नदिनु भनी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो ।

उक्त ह्विप उल्लङ्घन गरेको आरोपमा उनीमाथि कारबाहीको सिफारिस माओवादीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077