Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

बैतडी । सिँचाइ ट्यांकीमा डुबेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका १० महरागाउँका शेर सिंह महरा छोरा ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको हो ।

शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा महरा डुबेर गम्भीर घाइते भएका थिए ।

जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077