Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न - लोकेसन पत्ता लाग्यो भनेर जीबीलाई भगाउन खोजेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राईलाई जोगाउन खोजिएको हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी ठगीमा संलग्न राईलाई किन पक्राउ नगरेको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका हुन्।

शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’

महामन्त्री शर्माले सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए।

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेले लोकेसन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी प्रश्न गरे ।

भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उनले आशंकासमेत जनाए ।

गृहमन्त्री लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077