Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या

एजेन्सी । दक्षिणी मेक्सिकोका एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या भएको छ ।

एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको हो।

गत जुन २ मा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको सरकारी अभियोजकले जनाएको छ ।

मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा फ्लोरेसको शव फेला परेको थियो। आदिवासी समुदायमा गएका समय बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए ।

गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताए ।

गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ ।

मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077