Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से , ४ अर्ब ३७ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अडिएको हो।

यसदिन ३१७ स्क्रिप्सको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले घटेको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था,साधना लघुवित्त वित्तीय,मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल फाइनान्सको १३ करोड,रिलाइन्स फाइनान्सको १३,माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोपावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.४९ प्रतिशतले बढ्यो। अदर्श र ट्रेडिङ समूहको उपसूचक क्रमश:०.२५ र०.६६ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077