Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुईको मृत्यु

एजेन्सी । रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा युक्रेनी मिसाइल आक्रमणमा दुई वर्षीय शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

कृष्ण सागरको बन्दरगाह सहर तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्रिमिया प्रायद्वीपको नौसैनिक अड्डा सेवस्तोपोल नियमितरूपमा युक्रेनी आक्रमणको चपेटामा परेको छ ।

तर आइतबारको आक्रमणमा मृत्यु हुनेको सङख्या असामान्यरूपमा धेरै थियो । सेवस्तोपोलमा युक्रेनको सशस्त्र बलको आजको आक्रमणमा दुई शान्तिपूर्ण बासिन्दाको मृत्यु भएको हो ।

सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभका अनुसार युक्रेनले प्रहार गरेको पाँच वटा मिसाइललाई रुसी हवाई रक्षा बलले समुद्रमाथि रोकेको थियो तर टुक्राहरू तटवर्ती क्षेत्रमा खस्यो र छर्राका टुक्राले मानिसहरू घाइते भएका छन् ।

रजभोझायेभले मिसाइलका टुक्रा सहरको उत्तरमा तटीय क्षेत्रमा खस्ता एउटा घर र जङ्गलमा आगो लागेको थियो । उहाँले यसअघि आइतबार रुसको दक्षिणी बेलगोरोड क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेको एउटा ड्रोनले एक व्यक्तिको मृत्यु भएको थियो ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार तीन युक्रेनी आक्रमणकारी ड्रोनले युक्रेनको सीमाबाट केही किलोमिटर टाढा ग्रेभोरोन सहरमा आक्रमण गरेका थिए । आक्रमणमा एउटा ड्रोनले फ्ल्याटहरूको बहुतले ब्लक नजिकै कार पार्कलाई निशाना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077