Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोंगबुमा पार्किङ्ग गरेर राखेको स्कुटर चोरेको आरोपमा बस्नेत पक्राउ

काठमाडौँ । स्कुटर चोरेको आरोपमा गोंगबुबाट एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएर स्वयम्भू बस्ने २५ वर्षीय सुरज बस्नेत पक्राउ परेका हुन् ।

उनले असार ८ गते गोंगबुमा पार्किङ्ग गरेर राखेको बा. ६३ प ३८७७ नम्बरको स्कुटर चोरेको आरोप छ । स्कुटर चोरेर हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी वृत महाराजगञ्जले उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077