Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यसचिव नियुक्तिका लागि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले जारी छ । ​सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बसिरहेको हो ।

आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित भएकाले नयाँ मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने छ।

यस्तै आजै एआईजीमा सिफारिस भएका नेपाल प्रहरीका डीआइजी पोषराज पोखरेलको पनि बढुवा हुने जनाइएको छ। यस्तै केही राजदूतको नियुक्ति सिफारिस गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077