Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी छाप र दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोलका विकास राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतलाई ५ महिना १५ दिन कैद र पच्चिस रुपैयाँ जरिवाना भराउने २०६६ साल पौष २६ गते काठमाडौं जिल्ला अदालतबाट फैसला भएको थियो ।

राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा राउतलाई पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077