Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कटुवा पेस्तोलसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट एक थान नलकटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला गौरको पारी बैरगनिया-३ असोगी बस्ने बर्ष २१ को राहुल राम रहेका छन्।

उनको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका रामसँगै मोटरसाईकलमा सवार अर्का एक जना भारतीय भने भारततर्फ भाग्न सफल भएका थिए।

बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077