Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानूनमन्त्री नेतृत्वको समितिबीच वार्ता

काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच छलफल सुरु भएको छ।

बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री गिरीको नेतृत्वको समितिबीच छलफल चलिरहेको हो।

अहिले युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी छन्।

आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो।

समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077