Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आन्दोलनरत संसद्का कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो ।

सहमतिअनुसार कर्मचारीका मागप्रति सरकार सकारात्मक रहेकोले सम्पूर्ण माग क्रमशस् पूरा गर्दै जाने सहमति बनेको छ ।

हाललाई राजपत्राङ्कित कर्मचारीको मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीको लागि मासिक ३ हजार आवास भत्तामा वृद्धि गर्ने पनि सहमति बनेको छ ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077