Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सालको रुखको प्वालभित्र बेवारिसे भरुवा बन्दुक फेला

कैलाली । कैलालीमा बेवारिसे अवस्थामा छोडिएको एक नाले भरुवा बन्दुक फेला परेको छ ।

सोमबार जिल्लाको गोदावरी नगरपालिका ४ स्थित सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा थान–१ एक नाले भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले भरुवा बन्दुक भेटाएको थियो ।

एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बन्दुक कसको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077