Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खेत जोत्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-२ समईगढमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिइ रहेको अवस्थामा चट्याङले लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077