Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - रास्वपालाई सहकारी ठगीमा सभापति कसरी जोगाउने चिन्ता छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई पार्टी सभापति जोगाउने मात्रै चिन्ता रहेको बताएका छन् ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने । एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

महामन्त्री शर्माले आफ्नो दलको सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रास्वपामा देखिएको बताए।

नेकपा एमालेलाई परेको चिन्तामा गिरीबन्धु टी–इस्टेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउनुमा रहेको शर्माले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार जोगाउने संख्याको चिन्तामात्रै रहेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077