Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्यापारिक सटर दिने भन्दै १३ करोडभन्दा बढी ठगी, प्राइम बैंकका संचालकसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा ब्यापारिक सटरहरु दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्राइम कमर्सियल बैंकका निर्देशकसहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोपमा प्राइम बैंकका निर्देशक नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै पैसा उठाएर पनि हस्तान्तरण गरेका थिएनन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी रहेका छन् ।

उनीहरुले डा.विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले कलंकी डेभलपर्स र मिलाल्याण्ड डेभलपमेन्ट प्रालीका संचालक समितिका अध्यक्षसमेत रहेका  महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077