Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार भएको बताएका छन् ।

इरानको तेहरानमा आयोजित एसिया सहयोग संवादको १९औँ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्केका श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले इरानको राजधानी तेहरानमा सोमबार रुसका उपविदेशमन्त्री एन्ड्रिई रुडेन्कोसँगको भेटमा उनले उक्त जानकारी दिएको बताए ।

उनले भने, “रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार छ, तर मोडालिटी तय गर्नुपर्ने काम बाँकी रहेको भेटमा रुसी उपविदेशमन्त्रीले बताउनुभयो ।”

रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको र सातजनाको प्रक्रिया अगाडि बढेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077