Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनद्वारा सीमावर्ती गाउँहरूबाट बालबालिकालाई बाहिर निकाल्न आदेश

किएभ । युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रका प्रमुखले मङ्गलबार रुसी सेनाहरू अघि बढिरहेकाले बालबालिका र उनीहरूका अभिभावकहरूलाई धेरै सीमावर्ती सहर र गाउँहरूबाट खाली गर्न आदेश दिइरहेको बताएका छन् ।

औद्योगिक क्षेत्रलाई आफ्नो कब्जामा लिएको र रुसी सेनाले हालैका महिनाहरूमा त्यहाँ आफ्नो मारक क्षमतामा ध्यान केन्द्रित गरेको क्रेमलिनले झण्डै दुई वर्षअघि बताएको थियो ।

“बालबालिकाहरूलाई उनीहरूका आमाबाबु वा अन्य कानूनी प्रतिनिधिहरूसँग जबरजस्ती निष्कासन गर्ने निर्णय गरिएको छ”, गभर्नर भ्याडिम फिलास्किनले सामाजिक सञ्जालमा भने ।

फिलास्किनले हालैका हप्ताहरूमा घातक रुसी बमबारीमा बृद्धि भएको कारण सर्वसाधारणहरूलाई यस क्षेत्रबाट भाग्न आग्रह गर्दै आएका छन् ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनीहरूलाई सन् २०२२ फेब्रअरीमा रूसको आक्रमण सुरु भएको केही समयपछि युद्धग्रस्त क्षेत्र छोड्न आग्रह गरेका थिए । यद्यपि सिफारिसहरू लागू भएनन् ।

डोनेट्स्क र लुगान्स्कको छिमेकी क्षेत्र सन् २०१४ देखि आंशिकरूपमा रुसी समर्थित पृथकतावादीहरूको कब्जामा छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077