Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालयको गेटमै चट्याङ् पर्‍यो, तीन विद्यार्थी गम्भीर घाइते

कैलाली । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन् ।

बुधवार बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकालाई घोडाघोडी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077