Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्रोत नखुलेको २० लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन्।

काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा मंगलबार खटिएको परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रिप्टोकरेन्सी बाइनान्समा समेत लगानी गरेको खुलेको थियो।

बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077