Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने छ ।

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी,विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने बताइएको छ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आगामी आइतबारदेखि बिहीबारसम्म हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ ।

पार्टी तथा जनसंगठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077